चर्च ब्वाइजलाई स्तब्ध पार्दै जावलाखेल सेमिफाइनलमा प्रवेश

पाेखरा | फागुन ४, २०८२

चर्च ब्वाइजलाई स्तब्ध पार्दै जावलाखेल सेमिफाइनलमा प्रवेश

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ । 

 

पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई  ३–० गोल अन्तरले पराजित गर्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

जावलाखेलको जीतमा ४८ औं मिनेटमा धर्वेन्द्र कुँवरले पहिलो गोल गरे । यस्तै खेलको ८८ औं मिनेटमा निकोलस ओडानेले दोस्रो गोल गर्दै अन्तरलाई दोब्बर बनाए । र,  ९० औं मिनेटमा सुजन गुरुङले तेस्रो गोल गर्दै टोलीलाई सेमिफाइनलको यात्रा तय गराए ।

 

यता चर्च ब्वाइज क्लबले भने जावलाखेलको दबाब मात्रै सहन पर्याे । पाएको मौकालाई सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज क्वाटरफाइनलबाट बाहिरिन बाध्य बन्यो । 

 

प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबर र थन्डरबोल्ट भारत सोमबार भिड्नेछन् । 

 

अन्तिम क्वाटरफाइनलमा आभा क्लब उज्वेकिस्तान र फ्रेन्डस् क्लबले मंगलबार प्रतिस्पर्धा गर्नेछन् ।

 

यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलबाट आयोजक सहारा क्लब नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्